सुत्केरी गराउने क्रममा तनहुँमा आमा र नवजात शिशुको ज्यान गयाे
काठमाडाैं | जेठ ३१, २०८०
तनहुँ: तनहुँकाे व्यास नगरपालिकामा आमा र नवजात शिशुको ज्यान गएकाे छ । सुत्केरी गराउने क्रममा व्यास नगरपालिका–१२ कमलबारीकी २७ वर्षीया शर्मीला दरै र शिशुकाे पोखरामा रहेकाे क्षेत्रीय गण्डकी अस्पतालमा ज्यान गएकाे हाे ।
मृतक दरैका आफन्तले चिकित्सकको लापरबाहीका कारण आमा र शिशुकाे ज्यान गएकाे भन्दै छानबिनको माग गरेका छन्।
छानबिनको लागि कास्कीका प्रमुख जिल्ला अधिकारी समक्ष उजुरी दिएकाले पोष्टमार्टमको रिपाेर्ट आएपछि छलफल गर्ने सहमति भएको चीजबहादुर दरैले बताउनु भएकाे छ ।
पीडितपक्ष र अस्पतालका चिकित्सकबीच भएको छलफलमा चिकित्सक टोलीले महिला र शिशु दुवैलाई बचाउन हरपल प्रयत्न गरे पनि बचाउन नसकेको बताएका दरैले बताउनु भयाे ।
चीजबहादुरले भन्नुभयो, 'छानबिनका लागि प्रक्रिया अघि बढाएका छौँ, छानबिन भएपछि पुनःएक पटक बसेर छलफल गर्ने योजना बनाएका छौँ ।'
म्याग्दी प्रहरीले एक युवकको हत्या आरोपमा २२ वर्षीय प्रकाश विकलाई पक्राउ गरेको छ । उनीविरुद्ध म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाका २४ वर्षीय सौरव विकको हत्या गरेको आरोप छ । हत्य...
पोखरा २७ मा सञ्चालित त्रिवेणी इन्टरनेशनल कलेजले आयोजना गरेको रक्तदान कार्यक्रममा ६४ युनिट संकलन भएको छ । कार्यक्रममा पोखरा महानगरपालिका २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले पहिलो रक्तदाता पोखर...
लेखनाथ: एनआइएमबी बैंकले पोखरा महानगरपालिका २६ स्थित सिर्जना बहिरा आवासिय माध्यामिक विद्यालयका १ सय ८१ बालबालिकालाई आईतबार पोशाक वितरण गरेको छ । संस्थागत सामाजि...

